मैले भ्रष्टाचार गरेको छैन, राजनीतिक प्रतिशोधको रूपमा मुद्दा : माधव नेपाल [भिडियाेसहित]

बिहिबार, २३ जेठ, २०८२
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले राजनीतिक प्रतिशोधका रूपमा भ्रष्टाचारको विषय आएको बताएका छन्।

सचिवालय बैठकपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपालले आफूले भ्रष्टाचार नगरेको स्पष्टीकरण दिए।

उनले भने, ‘एउटा मान्यता छ मेरो–नबिराउनु नडराउनु। मैले करप्सन गरेको छैन, चुनौतीका साथ भन्छु। यस्ता कुराहरू राजनीतिक प्रतिशोधको रूपमा आएको भन्ने सिधै देखिन्छ।’

सुझावित समाचार