अफताब आलमको मुद्दामा सुनुवाइ सकियो, आजै फैसलाको तयारी

बुधबार, १५ जेठ, २०८२
डिजिटल संस्करण

इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा जेलमा रहेका पूर्वमन्त्री आफताब आलमको मुद्दामा उच्च अदालत वीरगन्जमा सुनुवाइ सकिएको छ । जिल्ला अदालतको फैसलाविरुद्ध उनले दिएको पुनरावेदन निवेदनमा न्यायाधीशहरू डा. खुसीराम थारू र अर्जुन महर्जनको इजलासमा सुनुवाइ भएको हो । सुनुवाइ सकिएकाले आजै फैसला आउने सम्भावना छ । 

सो मुद्दामा जिल्ला अदालतले एक वर्षअघि आलमसहित चारजनाविरुद्ध जन्मकैदको फैसला सुनाएको थियो । जिल्ला अदालत रौतहटले  १३ वैशाख ०८१ मा आलमसँगै महताब आलम, शेष सेराज र बद्री सहनीविरुद्ध पनि जन्मकैदको फैसला गरेको छ । महताब आफताबका सहदोर भाइ हुन् भने सेराज र बद्री सहयोगी हुन् ।  उनीहरू सबैको मुद्दामा उच्चमा सुनुवाइ हुँदै छ ।    

२७ चैत ०६४ मा चुनावको पूर्वसन्ध्यामा आलमको रौतहटस्थित घरमा विस्फाेट भएको थियो । चुनावमा अरूलाई तर्साउन बम बनाउने क्रममा विस्फाेट हुँदा घाइते भएकालाई उनले इँटाभट्टामा जलाएर मारेको प्रहरी अनुसन्धनमा खुलेको थियो । घटना लुकाउनका लागि उनले यस्तो बीभत्स अपराध गरेका थिए। 
 

सुझावित समाचार