थटीटोल पुर्‍याइयो रातो मत्स्येन्द्रनाथको रथ

शनिबार, ११ जेठ, २०८२
डिजिटल संस्करण

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरको लगनखेलस्थित थटीटोलमा पूजाअर्चना गर्दै श्रद्धालु । रथजात्रा हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ ।

१८ वैशाखमा पुल्चोकबाट तान्न सुरु गरिएको रथ ललितपुर नगर परिक्रमा गराउँदै जावलाखेलमा पुर्याएर भोटो देखाएर समापन गरिन्छ । त्यसपछि मत्स्येन्द्रनाथलाई 
बुङ्मती पुर्याइन्छ ।

बाजागाजासहित पुल्चोकबाट सुरु हुने रथयात्रा गाःबहाल सुन्धारा, गाःबहाल मंगलबजार सुन्धारा, चक्रवहिल हुँदै लगनखेलस्थित थटीटोलमा लगेर राखिन्छ ।

थटीटोलमा रहेको रथ अब नयाँ साइत हेरेर भोटो देखाउनका लागि कुमारीपाटी हुँदै जावलाखेलतर्फ लगिन्छ । रथ जावलाखेलमा पुर्याएको चौथो दिन हरेक वर्ष भोटो देखाउने प्रचलन छ । 

सुझावित समाचार