नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक आह्वान

शुक्रबार, १० जेठ, २०८२
डिजिटल संस्करण

नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक आह्वान गरिएको छ।

समूहका संयोजक एवं रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले १२ जेठ सोमबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति हलमा बस्ने गरी बैठक बोलाएका हुन्।

नेपाल र बेलायतबिचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउन तथा दुई देशका सांसदहरूबिच आपसी समन्वय र सहयोग विस्तार गर्ने उद्देश्यले बैठक आयोजना गरिएको संयोजक श्रेष्ठले बताए।

मैत्री समूहमा विमलेन्द्र निधि, सुशीला थिङ, भगवती न्यौपाने, सुहाङ नेम्वाङ, माधव सापकोटा, पशुपतिशमशेर जबरा र सिके राउत सदस्य छन्।

सुझावित समाचार