नेपाल प्रहरीका एक डिआइजीको एआइजीमा र ११ एसएसपीको डिआइजी बढुवामा सिफारिस

मंगलबार, ७ जेठ, २०८२
डिजिटल संस्करण

नेपाल प्रहरीको रिक्त रहेको एक एआइजी र ११ डिआइजी पदमा बढुवा सिफारिस भएको छ। मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले सिफारिस गरेको हो। 

एआइजीमा सिद्धिबिक्रम शाहको सिफारिस भएको छ। 

त्यस्तै, डिआइजीमा सिनियर टोलीबाट मात्र बढुवा सिफारिस भएको छ। बढुवा सिफारिस हुनेहरुमा सुदर्शन कोइराला, दीपक रेग्मी, दीपेन्द्र घर्ती क्षेत्री, ओमबहादुर राना, माधवप्रसाद श्रेष्ठ, दिलीपसिंह देउजा, विनोद घिमिरे, दीपक बस्नेत, जयराज सापकोटा, सुरेन्द्र गुरुङ र संजीव शर्मा दासको बढुवा सिफारिस भएको हो। उनीहरूमध्ये कोइराला र रेग्मीबाहेक राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोली हो। सो टोलीका शारदाप्रसाद चौधरी बढुवामा छुटेका छन्। 
 

सुझावित समाचार