ताप्लेजुङको सिरिजंगा सबैभन्दा कम बेरुजु हुने गाउँपालिका

शुक्रबार, ३ जेठ, २०८२
डिजिटल संस्करण

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक लेखापरीक्षण प्रतिवेदनमा ताप्लेजुङको सिरिजंगा गाउँपालिका सबैभन्दा कम बेरुजु हुने गाउँपालिका बनेको छ। सिरिजंगा गाउँपालिकाको बेरुजु १.०८ प्रतिशत देखिएको छ ।

यस्तै, सबैभन्दा धेरै बेरुजु मैवाखोला गाउँपालिकाको देखिएको छ । मैवाखोलाको बेरुजु ८.४४ प्रतिशत रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै, पाथीभरा याङवरक गाउँपालिकाको बेरुजु १.२० प्रतिशत देखिएको छ भने फुङलिङ नगरपालिकाको २.२० प्रतिशत देखिएको छ ।

आठराई त्रिवेणी गाउँपालिकाको बेरुजु २.५८ प्रतिशत देखिँदा सिदिंगा गाउँपालिकाको बेरुजु २.७० प्रतिशत देखिएको छ । मेरिङदेन गाउँपालिकाको बेरुजु ४.०५ प्रतिशत, फक्ताङलुङ गाउँपालिकाको बेरुजु ५.४३ प्रतिशत र मिक्वाखोलाको बेरुजु ५.७. प्रतिशत रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

ताप्लेजुङ जिल्लामा एक नगरपालिका रआठ गाउँपालिका गरी जम्मा नौ स्थानीय तह रहेका छन् । 
 

सुझावित समाचार