डा. अधिकारीलाई प्रज्ञा अनुवाद पुरस्कार ०८१ प्रदान

बुधबार, १ जेठ, २०८२
डिजिटल संस्करण

अनुवादक डा. बलराम अधिकारीलाई नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रदान गरिने प्रज्ञा अनुवाद पुरस्कार ०८१ बाट सम्मानित गरिएको छ । प्रज्ञा–प्रतिष्ठान परिसरमा मंगलबार आयोजित कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो ।

साहित्यिक अनुवादको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई दिइने यो प्रतिष्ठित पुरस्कार डा. अधिकारीलाई नेपाली साहित्यलाई विश्व पाठकमाझ पुर्याउन गरेको असाधारण योगदानको कदरस्वरूप प्रदान गरिएको हो ।

समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका अधिकारीहरूले डा. अधिकारीको साहित्यिक उत्कृष्टता र सांस्कृतिक आदान–प्रदानप्रतिको समर्पणको प्रशंसा गरेका थिए । उनका अनुवादहरू भाषिक शुद्धता र काव्यात्मक संवेदनशीलताको दृष्टिले उच्च मूल्यांकन पाइरहेका छन् ।

कार्यक्रममा डा. अधिकारीले नेपाल प्रज्ञा–प्रतिष्ठानप्रति हार्दिक आभार व्यक्त गर्दै अनुवाद भनेको संस्कृतिहरूलाई जोड्ने, विचार बाँड्ने, र विश्वव्यापी मानव अनुभव व्यक्त गर्ने माध्यम भएको बताए ।

उनले व्यक्तिगत रुचिबाट सुरु भएको यो यात्राले संस्थागत मान्यता पाएकोमा गर्व लागेको बताए । डा. अधिकारीको यो उपलब्धिले नेपाली साहित्यिक अनुवादको क्षेत्रमा एक महत्वपूर्ण उपलब्धिको रूपमा चिनिएको छ ।

सुझावित समाचार