भ्वाइस अफ नेपालका रोशन राईको ‘नछुट्टिने मन’ सार्वजनिक

बिहिबार, २५ बैशाख, २०८२
डिजिटल संस्करण

द भ्वाइस अफ नेपाल सिजन ६ का फर्स्ट रनरअप रोशन राईको नयाँ गीत ‘नछुट्टिने मन’ सार्वजनिक भएको छ। शान्ता राईको शब्दरचना र स्वर्गीय विक्रम राईको संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ ।

योगेन मुकारुङको मिक्सिङ, मास्टरिङ रहेको गीतलाई आपोमाली ( AA-POMALEE)  युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।  लोकप्रिय गायिका मेलिना राईको स्वरमा यस गीतको फिमेल भर्सनसमेत केही दिनअघि आइसकेको छ ।

भ्वाइस अफ नेपाल सिजन ४ मा टिम राजेशका एडभाइजरसमेत रहेका स्वर्गीय विक्रम राईको संगीत र भ्वाइस अफ नेपालका सिजन ६ का फर्स्ट रनरअप रोशन राईको स्वरमा आबद्ध यस गीतलाई स्रोताहरूले मन पराइदिनुहुन्छ भन्नेमा आफू विश्वस्त रहेको गीतकार शान्ता राईले बताइन्।

सुझावित समाचार