सन् १९४५ : सोभियत फौजले बर्लिन कब्जा गरेपछि हिटलर र उनकी पत्नी इभा ब्राउनले आत्महत्या गरे ।
सन् १७८९ : जर्ज वासिंटनले न्युयोर्क सहरको फेडरल हलमा अमेरिकाको पहिलो राष्ट्रपतिको रूपमा शपथ लिए ।
सन् १८०३ : अमेरिकी चान्सलर रोबर्ट लिभिङस्टन र जेम्स मनरोले पेरिसमा ‘लुजियाना खरिद’ सम्झौतामा हस्ताक्षर गरे । फ्रान्सबाट १.५ करोड डलरमा लुजियाना खरिद गरेसँगै अमेरिकाको क्षत्रफल दोब्बर भयो ।
सन् १८९७ : अंग्रेज भौतिकशास्त्री जे.जे. थोमसनले रोयल इन्स्टिच्युटमा एक भाषणका क्रममा इलोक्ट्रोन आविष्कार गरेको घोषणा गरे ।
सन् १९४८ : उत्तर र दक्षिण अमेरिकी महादेशका राष्ट्र सम्मिलित क्षेत्रीय संगठन ‘अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स(ओएएस)’को बडापत्रमा आजै हस्ताक्षर भयो ।
सन् १९७५ : कम्युनिस्ट उत्तर भियतनामी फौजले साइगन (हालको होचि मिन्ह सहर)स्थित दक्षिण भियतनामको राष्ट्रपति भवन कब्जा गरेसँगै २० वर्षदेखि चलिरहेको भियतनाम युद्ध औपचारिक रूपमा अन्त्य भयो ।
सन् १९८९ : वैज्ञानिक टिम बर्नर्स–लीले ‘वल्ड वाइड वेब (डब्लुडब्लुडब्लु)’ आविष्कार गरे । चार वर्षपछि आजकै दिन यसलाई पहिलोपटक पब्लिक डोमेनमा सार्वजनिक गरिएको थियो ।
सन् २०१९ : जापानी सम्राट् अकिहितोले गद्दी त्यागेको घोषणा गरे । घोषणा भोलिपल्टबाट लागू भएसँगै मे १ मा अकिहितोका छोरा नारुहितोले राजगद्दी सम्हाले ।