मन्त्रालय प्रवेशै नगरी फर्किए वार्तामा बोलाइएका शिक्षक

शुक्रबार, १२ बैशाख, २०८२
डिजिटल संस्करण
मन्त्रालय प्रवेशै नगरी फर्किए वार्तामा बोलाइएका शिक्षक

फाइल तस्बिर

सरकारसँग वार्ताका लागि गएका शिक्षकहरू मन्त्रालय प्रवेशै नगरी फर्किएका छन्। विशेष कारणवश मन्त्रालय प्रवेश नगरी फर्किएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।

यसअघि  महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बोलाएको वार्तामा सहभागी हुने बताएको थियो। महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले वार्तामा सहभागी हुने उल्लेख गर्दै कसरी अघि बढ्ने भन्नेबारेमा छलफल भइरहेको बताएकी थिइन्।

मन्त्रालयले सार्वजनिक गरेको २५ सदस्यीय नामावलीसमेत आफूहरूले तयार नगरेको महासंघका अध्यक्ष सुवेदीले प्रस्ट पारेका छन्।

‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय  नामावली नेपाल शिक्षक महासंघले तयार नगरेको व्यहोरा जानकारी  गराउँछौँ,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘आज मिति ०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका  लागि हामी जाने क्रममा थियौँ। तर,  विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौँ।’

सुझावित समाचार