धरानमा पहिलोपटक राष्ट्रिय ‘फाइट नाइट’ हुने

शुक्रबार, २८ चैत, २०८१
डिजिटल संस्करण

नयाँ वर्ष २०८२ को अवसर पारेर आगामी वैशाख १२ गते यहाँ कार्यक्रम आयोजना गरिएको आयोजक धरान बक्सिङ संघका अध्यक्ष दीपक राईले बताए । 

धरानमा राष्ट्रियस्तरको यो प्रतियोगिता पहिलोपटक आयोजना गर्न लागिएको उनले जानकारी दिए । प्रतियोगितामा ‘प्रोफेसनल’ प्रो. र ‘एमेचर’ गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ ।  

प्रतियोगितामा कोशी प्रदेशबाट प्रो प्रतिस्पर्धामा धरान, धनकुटा, झापा र उदयपुर तथा गण्डकी प्रदेशका पोखरा र बागमती प्रदेशको काठमाडौंबाट खेलाडी सहभागी हुनेछन् । 

एमेचर विधामा भने धरान, धनकुटा, उदयपुर र झापाका खेलाडीले सहभागिता जनाउने धरान बक्सिङ संस्थाका सचिव महेश आलेमगरले जानकारी दिए । 

‘फाइट नाइट’ प्रतियोगितामा महिला र पुरुष दुवै राष्ट्रियस्तरका खेलाडीबिच प्रदेशस्तरीय प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता धरान उपमहानगरपालिका– १५ स्थित किराँत याक्थुङ चुम्लुङहिमको हलमा विभिन्न सांगीतिक कार्यक्रमसहित हुने संस्थाका सचिव आलेमगरले बताए । 

सुझावित समाचार