अमेरिकी कर प्रभावित व्यवसायलाई सहयोग गर्ने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता

मंगलबार, १८ चैत, २०८१
डिजिटल संस्करण

जापानका प्रधानमन्त्री शिगेरू इसिबाले अमेरिकी करबाट प्रभावित व्यवसायका लागि करिब एक हजार परामर्श केन्द्र स्थापना गर्ने घोषणा गरेका छन् । साथै उनले कर पाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

टोकियो वासिङ्टनको सबैभन्दा नजिकको आर्थिक र रणनीतिक मित्रराष्ट्र हो । यहाँका कम्पनीहरू संयुक्त राज्य अमेरिकामा सबैभन्दा ठुला लगानीकर्ता हुन् र करिब १० प्रतिशत जापानी रोजगार अटो क्षेत्रसँग जोडिएका छन् ।

ट्रम्पले कुन देशमा कुन–कुन कर लगाइने त्यसको घोषणा गर्ने बताएका थिए । साथै उनले सबै व्यापारिक साझेदारहरू यसको निशानामा रहेको चेतावनी दिएका थिए । उनले अप्रिल ३ मा संयुक्त राज्य अमेरिकामा निर्माण नभएका सबै अटोमा २५ प्रतिशत कर लगाउने पनि बताएका थिए ।

जापानी प्रधानमन्त्री इसिबाले मंगलबार अमेरिकी आयातमा प्रतिशोधात्मक भन्सार शुल्क लगाउनेबारे बोलेनन्, तर आफ्नो सत्तारूढ गठबन्धनसँग ‘प्रतिक्रियात्मक उपायहरूको विवरण’मा छलफल गर्ने बताए ।

अहिलेका लागि एक हजार परामर्श डेस्क खोल्नुका अतिरिक्त उनले अमेरिकी भन्सार शुल्कहरू सक्रिय भएपछि साना र मध्यम आकारका व्यवसायहरूलाई कोष प्राप्त गर्न मद्दत गर्न सक्दो प्रयास गर्ने उल्लेख गरे ।

‘जापान अमेरिकाका लागि सबैभन्दा ठुलो लगानीकर्ता हो । यसलाई ध्यानमा राख्दै हामी जापानको छुटका लागि कडा आह्वान गर्न जारी राख्नेछौँ,’ उनले पत्रकार सम्मेलनमा भने, ‘यदि मैले आफैँ (संयुक्त राज्य अमेरिका) भ्रमण गर्नु आवश्यक ठानिएको छ भने, म त्यसो गर्न हिचकिचाउँदिनँ ।’

शुक्रबार प्रधानमन्त्री इसिबाले कार र पार्टसमा २५ प्रतिशत कर घोषणा गरिएपछि ट्रम्पको करसम्बन्धी विचारहरू ‘बुझ्न कठिन’ भएको बताएका थिए ।

‘राष्ट्रपति ट्रम्पले त्यहाँ साथी र शत्रु दुवै छन् र साथीहरू अझ कठिन हुन सक्छन् भनिरहनुभएको छ । यो बुझ्न धेरै कठिन छ,’ इसिबाले एक संसदीय समिति बैठकमा भने ।

सुझावित समाचार