मनीष झा भन्छन- कर्मचारी मन्त्रीप्रति ‘लोयल’ हुने कि देशप्रति ?

सोमबार, १७ चैत, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले एउटा कर्मचारी संस्थाप्रति लोयल हुने कि मन्त्रीप्रति भन्दै प्रश्न गरेका छन् । आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले प्रधानमन्त्रीले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विषयमा दिएको जवाफप्रति आपत्ति जनाएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीले भन्नुभयो, एउटा कर्मचारीको सरुवा हुँदा ऊ मन्त्रीप्रति लोयल हुने । कर्मचारी राज्यप्रति लोयल हुने कि मन्त्रीप्रति ? मन्त्रीको चाप्लुसी गर्न कोही कर्मचारी आउँछ । संस्थाप्रति लोयल हुने कर्मचारी हामीलाई चाहिएको हो मन्त्रीप्रति होइन ।’

सोमबार नै प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी ओलीले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विषय सामान्य कुरा रहेको बताएका थिए । 

See More On

सुझावित समाचार