सन् १९७७ : स्पेनको टेनराइफ विमानस्थलको धावन मार्गमा बोइङ–७४७ मोडलका दुई विमान जुध्दा ५८३ को मृत्यु भयो । यो हवाई इतिहासको सबैभन्दा भयानक दुर्घटना हो ।
सन् १७९४ : अमेरिकी कंग्रेसले नौसेना विधेयक पारित गर्दै देशमा एक स्थायी नौसेना गठन गर्यो ।
सन् १९१४ : डा. अल्बर्ट हस्टिनले ब्रसेल्समा पहिलो अप्रत्यक्ष रक्तदान (दाताले दिएको रगत जम्मा गरी राखेर पछि चाहिने मानिसलाई दिने) परीक्षण गरे । हस्टिनले रगत नजमोस् भनेर त्यसमा ‘सोडियम साइट्रेट’ मिसाएका थिए ।
सन् १९३३ : रेगिनाल्ड गिब्सन र एरिक विलियम फसेटले पोलिथिनको आविष्कार गरे ।
सन् १९९० : अमेरिकाले क्युबामा क्यास्ट्रोविरोधी भावना फैलाउनका लागि ‘टिभी माट्रिन’को सिग्नल प्रसारण सुरु गर्यो ।
सन् १९९३ : जियाङ जेमिन जनवादी गणतन्त्र चीनका राष्ट्रपति चुनिए । चार वर्षअघि उनी केन्द्रीय सैन्य आयोगका अध्यक्ष चुनिएका थिए । जियाङको पालादेखि चीनमा एउटै व्यक्ति पार्टी नेता, राष्ट्रपति र केन्द्रीय सैन्य विभाग हुने प्रावधान सुरु भयो ।
सन् २००६ : म्यानमारको सैन्य सरकारले औपचारिक रूपमा देशको राजधानी र्याङगुनबाट नेपिड सरेको घोषणा गर्यो ।
सन् २०१९ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्यालेस्टिक मिसाइलको प्रयोग गरेर अन्तरिक्षमा भूउपग्रह खसालेको घोषणा गरे । रुस, अमेरिका र चीनपछि भारत यस्तो क्षमता भएको चौथो देश बनेको थियो ।
सन् २०२० : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिडपछि थलिएको अर्थतन्त्रलाई उकास्न भन्दै २.२ ट्रिलियन डलरको विशाल राहत प्याकेजमा हस्ताक्षर गरे ।
सन् २०२१ : चीन र इरानले २५ वर्ष लामो सहकार्य रहने बृहत् रणनीतिक साझेदारी घोषणा गरे ।