विपक्षी दलहरूको विरोधबिच राष्ट्रिय सभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ।
अध्यादेश प्रतिस्थापन विधेयकको छलफलमा विधि मिचिएको भन्दै विपक्षी दलहरूले विरोध गरेपछि बैठक आइतबार १२ः१५ बजेसम्मका लागि स्थगित भएको हो।
बैठक स्थगित हुँदा सुशासन प्रवर्द्धन र सहकारीसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयकको छलफल प्रभावित भएको छ। यसअघि बुधबार प्रतिस्थापन विधेयकमा छलफल गर्ने कार्यसूची रहे पनि तीन महले प्राप्त नभएको भन्दै प्रभावित भएको थियो।
प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित आएका पाँचवटा प्रतिस्थापन विधेयक राष्ट्रिय सभामा छलफलमा जान सकेका छैनन्।