बाख्रा चराउँदै गर्दा लडेर मृत्यु

बुधबार, ५ चैत, २०८१
डिजिटल संस्करण

जाजरकोटको बारेकोट गाउँपालिका– ३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको छ । घरनजिकैको जंगलमा बाख्रा चराउने क्रममा मंगलबार उनी लडेर घाइते भएका थिए।

घाइते डाँगीलाई उपचारका लागि आधारभूत अस्पताल लिम्सा ल्याउँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको बारेकोट गाउँपालिका– ३ का वडाध्यक्ष रामबहादुर सिंहले जानकारी दिए।

See More On

सुझावित समाचार