नवनियुक्त महानिरीक्षक थापाले गृहसचिवबाट लगाए दर्ज्यानी चिह्न

मंगलबार, ४ चैत, २०८१
डिजिटल संस्करण
नवनियुक्त महानिरीक्षक थापाले गृहसचिवबाट लगाए दर्ज्यानी चिह्न

तस्बिरः अुमल थापा/नयाँ पत्रिका

नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापालाई गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्न (फूली) लगाइदिएका छन्। मंगलबार बिहान गृह मन्त्रालयमा आयोजित समारोहमा नियुक्तिपत्र दिँदै दर्ज्यानी चिह्न लगाइदिएका हुन्। 

सोमबारको मन्त्रिपरिषद्को बैठकले थापालाई महानिरीक्षकमा नियुक्त गरेको हो। उनले प्रहरी प्रधान कार्यालय पुगेर आजदेखि कार्यभार सम्हाल्दै छन्। 

दर्ज्यानी चिह्न सुशोभन कार्यक्रममा बोल्दै महानिरीक्षक थापाले आफूले प्रहरीलाई सशक्त बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। 

सुझावित समाचार