एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

आइतबार, २ चैत, २०८१
डिजिटल संस्करण

मोरङको बुढीगंगा गाउँपालिका- ३ स्थित कोशी राजमार्गखण्डमा शनिबार राति एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

शनिबार राति मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठानको को.१च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा  उदयपुरको पञ्चावती घर भई मोरङको बुढीगंगा– २ मा बस्दै आएका २४ वर्षीय चालक आशिष राईको मृत्यु भएको हो । तीव्र गतिमा रहेको एम्बुलेन्स सडकबिचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएकाे छ ।   

प्रहरीले घाइते चालकलाई उपचारका लागि बुढीगंगा- २ मा रहेको विराट मेडिकल कलेज शिक्षण अस्पताल लगेको थियो । उपचारकै क्रममा चालक राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय नेमुवाका सई भुवन श्रेष्ठले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   
 

सुझावित समाचार