बुढानीलकण्ठबाट पक्राउ परेका २४ भारतीय जेल चलान

शुक्रबार, ३० फागुन, २०८१
डिजिटल संस्करण

अनलाइन जुवा तथा क्रिप्टोकरेन्सी कारोबारको आरोपमा एक महिनाअघि काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका २३ जना जेल चलान भएका छन्। जिल्ला अदालत, काठमाडौंले उनीहरूलाई शुक्रबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । 

गत २२ फागुनमा मुद्दा दायर भएकोमा बयान र थुनछेक बहसपछि न्यायाधीश रामचन्द्र खड्काको इजलासले सबैलाई थुनामा पठाउने आदेश दिएको हो। 

जिल्ला प्रहरी परिसर, काठमाडौंले गत २७ माघमा बुढानीलण्ठस्थित एक घरमा छापा हानी उनीहरूलाई पक्राउ गरेको थियो अनुसन्धानको क्रममा उनीहरूले  तीन अर्बभन्दा धेरैको अनलाइन जुवा तथा ५० करोडभन्दा धेरैको क्रिप्टोकरेन्सीको कारोबार गरेको अनुसन्धानमा खुलेको थियो। उनीहरूविरुद्ध अनलाइन जुवाका साथै क्रिप्टो कारोबारको मुद्दा चलेको थियो ।  भारतीय नागरिकले नै त्यसरी नेपाललाई ‘सेल्टर’ बनाएर अनलाइन अपराध गरेका हुन्। नाइके भने फरार छन् । 
 

सुझावित समाचार