अस्ट्रेलियाली पूर्वक्रिकेटर कोकिन तस्करीमा दोषी ठहर

बिहिबार, २९ फागुन, २०८१
डिजिटल संस्करण

अस्ट्रेलियाका पूर्वटेस्ट क्रिकेटर स्टुअर्ट म्याकगिललाई बिहीबार कोकिन तस्करीमा संलग्न भएको आरोपमा दोषी ठहर गरिएको स्थानीय मिडियाले जनाएको छ । 

लेग स्पिनरले सन् २०२१ मा आफ्नो व्यक्तिगत कोकिन डिलरलाई एक सहयोगीसँग परिचय गराएको प्रहरी अनुसन्धानमा खुलेको थियो।  त्यसपछि ती दुईजनाले आपसमा दुई लाख अमेरिकी डलरको लागुपदार्थ सम्झौता गरेको प्रहरीले जनाएको छ । सिड्नीको नर्थसाेरस्थित उनको रेस्टुरेन्टमा कोकिन कारोबारको डिल भएको र त्यसमा उनका श्रीमतीका भाइसमेत संलग्न थिए। उनको समेत मिलेमतोविना सो कारोबार सम्भव नहुने भन्दै अदालतले उनलाई पनि दोषी ठहर गरेकाे हो । एक किलो कोकिन तीन लाख ३० हजार डलरमा खरिद–बिक्री भएको अनुसन्धानमा खुलेको थियो। 

यद्यपि, म्याकगिल त्यसपछिको कारोबारमा संलग्न नभए पनि जुरीले ५४ वर्षीय म्याकगिललाई जानीजानी प्रतिबन्धित लागुपदार्थको आपूर्तिमा सहभागी भएको दोषी ठहर गरेको राष्ट्रिय प्रसारक एबिसीले बताएको छ । 

जुरीले  उनलाई पेसेवरस्तरको लागुपदार्थ  तस्करीमा संलग्न हुने अझ गम्भीर आरोपमा भने निर्दोष ठहर गरेको छ । 

म्याकगिलले सन् १९९८ देखि सन् २००८ सम्म अस्ट्रेलियाका लागि ४४ टेस्ट खेलेका थिए। 
 

सुझावित समाचार