नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले आज शपथग्रहण गरेका छन्। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको गत मंगलबार बसेको सञ्चालक समितिको ६१७औँ बैठकबाट उनी अध्यक्षमा चयन भएका हुन्। पाँडेले प्रचलित कानुन तथा नियमानुसार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र तथा नेपाल राष्ट्र बैंकका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।