नेपालमा पहिलोपटक मिनिमल्लि इन्भेसिभ डाइरेक्ट कोरोनरी आर्टरी बाइपास ग्राफ्टिङ (मिडक्याब्ज) प्रविधिबाट मुटुको सफल शल्यक्रिया सम्पन्न भएको छ। वरिष्ठ मुटुरोग विशेष डा. अनिल भट्टराईको नेतृत्वमा महाराजगञ्जस्थित् मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्स्प्लान्ट सेन्टरमा उक्त शल्यक्रिया गरिएको हो।
शल्यक्रिया गरिएका तनहुँको म्याग्दी गाउँपालिकाका ४५ वर्षीय ती पुरुषको चार वर्षअघि साउदी अरबमा ७० प्रतिशतभन्दा बढि मुटुको नशा बन्द भएको पत्ता लागेको थियो। साउदीमै नशा खोल्न स्टेन्टिङ गरिए पनि पुनः बन्द भएपछि उनी उपचारको लागि नेपाल फर्किएका थिए। उनको गत बिहीबार उच्चतम प्रविधिबाट उक्त शल्यक्रिया गरिएको हो।
मनमोहन सेन्टरका सिटिभिएस विभाग प्रमुख एवम् वरिष्ठ मुटु शल्य चिकित्सक डा. भट्टराईको नेतृत्वमा उक्त शल्यक्तिया सम्पन्न भएको हो। अहिले ती विरामीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।