काठमाडौंसहित नेपालका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। चीनको सिजाङ स्वशासित क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएकाे भूकम्पकाे धक्का नेपालसम्म महसुस भएको हो।
दिउँसो २ः३५ बजे चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्रबिन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको हाे।भूकम्पकाे क्षतिबारे जानकारी आइसकेको छैन।