प्रभु महालक्ष्मीको व्यतीत बिमालेख नवीकरणमा ७५ प्रतिशतसम्म छुट

शुक्रबार, २३ फागुन, २०८१
डिजिटल संस्करण

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतीत बिमालेख नवीकरण (पुनर्जागरण) गर्दा छुट दिने निर्णय गरेको छ । कम्पनीले २२ देखि २९ फागुनसम्म व्यतीत बिमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गरिने जनाएको हो । यस्तो छुट ‘समुन्नति जीवन बिमा योजना’बाहेक अन्य योनजामा लागू हुने बताइएको छ । 

कम्पनीका अनुसार बिमितले दुई वर्षभित्रका व्यतीत बिमालेखमा ७५, दुईदेखि तीन वर्ष अवधिसम्म ५० र तीन वर्षभन्दा बढी अवधिका बिमालेखमा २५ प्रतिशत छुट पाउनेछन् । साथै, यस योजनामा समावेश भई बिमालेख पुनर्जागरण भएको दुई वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरेको विलम्ब शुल्क छुटको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ । 

त्यस्तै, यसअघि छुट सुविधा प्राप्त गरिसकेका बिमालेखलाई यस योजनामा समावेश नगरिने र छुट योजनामा सहभागी भई छुट प्राप्त गर्ने बिमितलाई पूरा बिमा अवधिभर पुनः ब्याज छुट प्रदान पनि नगरिने कम्पनीको भनाइ छ । 

सुझावित समाचार