नेपालीलाई हत्कडी र नेल लगाएर फिर्ता गर्नु मानवअधिकार विपरीत : सांसद पौडेल

बिहिबार, २२ फागुन, २०८१
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले हातमा हत्कडी र नेल लगाएर नेपालीलाई फिर्ता गर्नु मानव अधिकारविपरीत रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै सांसद पौडेलले भने, ‘अमेरिकाबाट भर्खरै १० जना र केही समयअगाडि २५ गरी ३५ जना नेपाली निकै अपमानजनक तरिकाले हातमा हत्कडी र नेल लगाएर फिर्ता भएका छन् । हातमा हत्कडी र नेल लगाएर फिर्ता गरिनु मानव अधिकारका अन्तर्राष्ट्रिय स्थापित मूल्यमान्यताविपरीत छ ।’ सांसद पौडेलले विदेशमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी लिनका लागि ‘अन्तर्राष्ट्रिय सेल’ गठन गर्न माग गरे ।

सुझावित समाचार