सन् १९८० : रोबर्ट मुगाबे जिम्बावेका पहिलो अश्वेत प्रधानमन्त्री बने । आफ्नो देशमा गोरा अल्पसंख्यक शासनविरुद्ध अश्वेत संघर्षका नायक मुगाबेले ठुलो जित हासिल गरे । उनको दमनकारी नेतृत्व शैलीको स्वदेश तथा अन्तर्राष्ट्रिय रूपमा निन्दा भएको थियो ।
सन् १७८९ : अमेरिकी संविधान कार्यान्वयनमा आयो । अमेरिकी कानुन विश्वको सबैभन्दा पुरानो संविधानमध्ये एक हो, जुन अझै पनि प्रयोगमा छ । सबैभन्दा पुरानो सान मारिनोको संविधान हो, जुन सन् १६०० मा जारी गरिएको थियो ।
सन् १९६३ : फ्रान्सको राजधानी पेरिसका तत्कालीन राष्ट्रपति चाल्र्स डी गाउलीको हत्या गर्न षड्यन्त्र गरेको अभियोगमा ६ जनलाई मृत्युदण्ड ।
सन् १९७७ : भ्रान्सिअ भूकम्पका कारण १५ सयभन्दा बढीको मृत्यु । मारिनेमा अधिकांश रोमानियाको राजधानी बुखारेस्टका बासिन्दा थिए ।
सन् २००७ : इन्टरनेटमार्फत विश्वको पहिलो राष्ट्रिय चुनाव सम्पन्न भयो । वल्र्डवाइड वेबमार्फत आफ्ना नागरिकलाई संसदीय चुनावमा मतदान गर्न अनुमति दिने पहिलो देश इस्टोनिया थियो ।