मिथिला माध्यमिकी परिक्रमा सोमबार जलेश्वर आइपुगेको छ। आइतबार मटिहानीमा वास बसेको परिक्रमा यात्री मिथिला बिहारी र किशोरीजीलगायत प्रमुख डोलासहित जलेश्वर आइपुगेका हुन्।
जलेश्वरमा नगरप्रमुख सुरेश साह सोनार, प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, सुरक्षा निकायका प्रमुखहरूसहित स्व. परशुराम साह धर्म संस्था र जय बाबा गणिनाथ मन्दिर सेवा समितिलगायतले डोलालाई स्वागत गरेका छन्।
डोलासहितको परिक्रमा यात्रीलाई स्वागत गर्न बाजागाजासहित जलेश्वर– २ स्थित भार्गवेश्वर कुटी पुगेको नगरप्रमुखसहितको टोली सोही ठाउँबाट डोलासँगै जलेश्वरस्थित परिक्रमा पडाबस्थल पुगेको हो।
आज जलेश्वरमा रात्रि वास बसी भोलि मंगलबार बिहानै जलेश्वरनाथको दर्शन गरी परिक्रमा यात्री अर्को पडाबस्थल मडईतर्फ लाग्नेछ।