भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलायात्रीको मृत्यु भएको छ ।
सूर्यविनायक नगरपालिका– ८ जगाती पुलनजिकै सडकमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा.४१ प ३३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भक्तपुर नगरपालिका– ७ गोलमढी बस्ने ७० वर्षीया तुलसीमाया तुसीबाखको शनिबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सूर्यविनायक नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको ।
सो मोटरसाइकलको ठक्करबाट अन्य ३ जना घाइते भएकोमा मध्यपुर अस्पताल थिमीमा उपचार भइरहेको छ । मोटरसाइकलचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल तीव्र गतिमा भएकाले सो दुर्घटना भएको प्रहरीले जनाएको छ।