तीनकुनेमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार युवतीको मृत्यु

बिहिबार, १५ फागुन, २०८१
डिजिटल संस्करण

काठमाडौंको तीनकुनेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार युवतीको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका– ३२ तीनकुने मुनिभैरवनजिकै सडकमा प्र.३–०३–००१ प ९७३६ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा बुधबार राति मोटरसाइकलमा सवार ललितपुर लेले घर भएकी २२ वर्षीया रिता नेवारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरी वृत्त बानेश्वरका अनुसार उक्त मोटरसाइकललाई बा.०३–००१ क ११७५ नम्बरको टिपरले ठक्कर दिएकोमा मोटरसाइकल बा.५ ख १५४६ नम्बरको बसमा ठोक्किएको थियो । मोटरसाइकलसहित तीनैवटै सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिए पनि गल्ती टिपरचालकको भएको प्रहरीले जनाएको छ । ब्रेक दबाउँदा नलागेकाले मोटरसाइकललाई ठक्कर दिएको टिपरचालकले प्रहरीसँग बताएका छन् ।  
 

सुझावित समाचार