कागजात नभएका १२ वटा मोटरसाइकल भन्सार पठायो

मंगलबार, १३ फागुन, २०८१
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय रौतहटले कागजात नभएका १२ वटा मोटरसाइकलाई गौर भन्सार कार्यालय रौतहटमा पठाएको छ ।  यही फागुन १ गतेबाट  खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरूमा सवारीसाधनहरूलाई चेकजाँच गर्ने क्रममा कागजातहरू नभएको मोटरसाइकलहरू नियन्त्रणमा लिई  कार्यालयमा राखेको थियो ।

करिब  नौ लाख ६० हजारबराबरको १२ वटा मोटरसाइकल आवश्यक कारबाहीका लागि मंगलबार गौर भन्सार कार्यालय रौतहटमा पठाएकाे प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । 

सुझावित समाचार