बिपी राजमार्गमा यात्रुवाहक बस दुर्घटना, २४ घाइते

मंगलबार, १३ फागुन, २०८१
डिजिटल संस्करण

बिपी राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २४ यात्रु घाइते भएका छन् । 

मंगलबार बिहान बस दुर्घटनामा परेकाे हाे । काठमाडौंबाट रामेछाप जाँदै गरेको बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको यात्रुवाहक बस धुलिखेल- १० शारदा बतासेमा आफैँ अनियन्त्रित भई सडकको नालीमा पल्टिएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चाेकका अनुसार बसका चालक र सहचालकको अवस्था गम्भीर छ।

सुझावित समाचार