बर्दियामा आइतबार राति एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ । गुलरिया नगरपालिका– ८ आशापुरका ५२ वर्षीय दिनदयाल कुर्मीमाथि चक्कु प्रहार भएको हो । घरमा सुतिरहेको अवस्थामा कुर्मीमाथि चक्कु प्रहार भएको थियो ।
चक्कु प्रहारबाट घाइते कुर्मीको स्वास्थ्य अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब निरीक्षक ऋषिराम घर्तीमगरले बताए । उनले भने, ‘गएराति करिब १ बजे कुर्मीमाथि चक्कु प्रहार भएको रहेछ । सूचना पाउनेबित्तिकै चक्कु प्रहार भएको घटनाको विषयमा खोज अनुसन्धान भइरहेको छ ।’
घाइते कुर्मीको स्वास्थ्य उपचार मेडिकल कजेल कोहलपुरमा भइरहेको छ ।