मुटुको डबल च्याम्बर पेसमेकरको पोखरामा सफल शल्यक्रिया

सोमबार, १२ फागुन, २०८१
डिजिटल संस्करण

मुटुको डबल च्याम्बर पेसमेकरको पोखरामा सफल शल्यक्रिया सम्पन्न भएको छ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्जअन्तर्गतको मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. सूर्य देवकोटा नेतृत्वको टोलीले पोखरा महानगरपालिका– ८ नागढुंगास्थित चरक मेमोरियल हस्पिटलमा उक्त शल्यक्रिया सफलतापूर्वक गरेको हो ।

देवकोटा नेतृत्वको चिकित्सक टोलीमा चरक मेमोरियलका डा. एसके जैसवाल, नर्स र प्राविधिक गरी सातजना थिए । पोखरा महानगरपालिका– २५ हेम्जा घर भएका ६८ वर्षीय पुरुषको सफल शल्यक्रिया गरिएको अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले बताए । उनका अनुसार मुटुको डबल च्याम्बर पेसमेकरको सफल शल्यक्रिया गरिएको सम्भवतः गण्डकी प्रदेशमै पहिलो हो ।

उकालो हिँड्न गाह्रो हुने, रिँगटा लाग्ने, श्वास फेर्न अप्ठ्यारो हुनेजस्ता समस्या भएपछि उपचारका लागि बिरामीका परिवारले हस्पिटल पु¥याएका थिए । उनको स्वास्थ्य परीक्षण गर्दा मुटुको पल्स जम्मा ३०/३५ मात्र देखिएको थियो । थप परीक्षण गर्दा मुटुको भल्भमा समस्या देखिएको डा. जैसवालले जानकारी दिए । यसबारे डा. देवकोटालाई जानकारी गराएपछि उनी पोखरा आएर मुटुको डबल च्याम्बर पेसमेकरको शल्यक्रिया गरेका थिए । बन्द भएको मुटुको भल्भ खोल्ने काम पेसमेकरले गर्ने गर्छ । 

सुझावित समाचार