प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण

शनिबार, १० फागुन, २०८१
डिजिटल संस्करण

प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ। आज आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेकपा (एमाले) का उपसचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र बौद्ध भिक्षुणी एवं गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक लोर्कापण गरिएको हो।

प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यको ३७औँ वैवाहिक वर्षगाँठका अवसरमा आज प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभागृहको हलमा उक्त पुस्तक लोर्कापण गरिएको हो। पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पण समारोहमा मन्त्रीहरू एवं उच्च पदस्थ व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाइ र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको संघर्ष, कठिनाइ, सफलता र समाजसेवाका विषय समेटिएको बताए। पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका विविध उकाली-ओराली तथा एमालेका तत्कालीन नेता ओलीसँग विवाह सम्बन्धमा बाँधिएपछिका अनेक यात्राहरूबारे उल्लेख छ।

'न म साहित्यकार, न लेखिका हुँ। त्यही पनि मनमा लागेका आफ्ना विचारहरू कहिलेकाहीँ लेख्ने गर्थेँ। त्यही संग्रहलाई आज पुस्तकका रूपमा ल्याएकी छु,' शाक्यले भनिन्, 'म बाल्यकालदेखि नै गरिब, दुःखी, रोगी असहायलाई देखेपछि चिन्तित हुन्थेँ। मैले प्रधानमन्त्री ओली, तत्कालीन समयको केपीसँगको विवाह पनि त्यही करुणाले गरेँ।'

प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यबिच २०४४ साल आजकै दिन विवाह भएको थियो। त्यस अवसरमा पाणिनी बुक्स प्रालिद्वारा अभिनन्दन-पत्रसमेत हस्तान्तरण गरिएको थियो।

सुझावित समाचार