काठमाडौंमा ट्याक्सीचालकको हत्या गर्ने व्यक्ति १५ वर्षपछि पक्राउ

शुक्रबार, ९ फागुन, २०८१
डिजिटल संस्करण

काठमाडौंमा १५ वर्षअघि ट्याक्सीचालकको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन्। काभ्रेपलाञ्चोकको तत्कालीन फोक्सिङटार गाविस– ३  हाल महाभारत गाउँपालिका– ३ घट्टे घर भएका ३७ वर्षीय  वीरमानसिं भुलन तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पक्राउ गरेको हो । 

कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार उनीसहित चारजना व्यक्ति मिलेर २६ मंसिर ०६६ मा ट्याक्सीचालक मेघबहादुर तामाङको बा.१ ज ९१४ नम्बरको ट्याक्सीमा यात्रु बनेर हत्या गरेका थिए । राति साढे १२ बजेको समयमा उनीहरू ठमेलबाट कोटेश्वर  ट्याक्सीमा गएकोमा मध्यपुरठिमी– १६ स्थित एकान्तमा लगेर गलबन्दीले घाँटी बाँधेर हत्या गरेका हुन्। हत्यापछि उनीसँग भएको नगद र मोबाइल लुटेका थिए। जुन घटनामा जिल्ला अदालत, भक्तपुरले वीरमानसिंलाई २० वर्ष कैद सजाय सुनाएकोेमा उनी फरार रहँदै आएका थिए। 

ललितपुरको सुनाकोठी क्षेत्रबाट पक्राउ गरी उनलाई भक्तपुर जिल्ला अदालत पेस गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी आचार्यले बताए । 
 

सुझावित समाचार