सडक दुर्घटनामा एक महिला घाइते

बुधबार, ७ फागुन, २०८१
डिजिटल संस्करण

बर्दियामा  भएकाे सडक दुर्घटनामा एक महिलाको घाइते भएकी छिन् । सडक दुर्घटनामा मधुवन नगरपालिका– ५ की ४५ वर्षीया कविता परियार घाइते भएकी हुन् ।

पैदलयात्री परियारलाई बुधबार बिहान ८ बजे  ट्याक्टरले  खुट्टामा किच्दा घाइते भएको जिल्ला ट्राफिक कार्यालय बर्दियाले  जनाएको छ । उखु लिएर राजापुरदेखि गुलरिया आउँदै गरेको ट्याक्टरले महिलालाई किचेको स्थानीय भावेश भाटले बताए । उनले भने, ‘दुर्घटना भएको  ट्याक्टर  नहरमा खसेको छ भने  घाइते परियारको उपचार  नेपालगन्जमा  भइरहेको प्रहरीले जनाएको छ ।’ 

सुझावित समाचार