सन् १९४२ : दोस्रो विश्वयुद्धका क्रममा अमेरिकाले जापानविरुद्ध युद्धको घोषणा गरेको सन्दर्भमा राष्ट्रपति फ्य्रांकलिन डी रुजबेल्टले सम्पूर्ण जापानी मूलका अमेरिकी नागरिकलाई देशको पश्चिमी किनारामा बनाइएका क्याम्पमा बन्द गर्ने आदेशमा हस्ताक्षर गरे ।
सन् १४७३ : सूर्यले पृथ्वलाई नभई पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ भन्ने विचार ल्याउने पोलिस खगोलविद् निकालस कोपरनिकस आजै जन्मिएका थिए ।
सन् १८०७ : तत्कालीन अमेरिकी उपराष्ट्रपति आरोन बर देशद्रोहको मुद्दामा पक्राउ परे । उनलाई देशको पश्चिमी भेगलाई अलग गर्न खोजेको आरोप लागेको थियो । पछि उनी निर्दोष साबित भए ।
सन् १८६१ : रुसी जार एलेक्ज्यान्डर द्वितीयले देशबाट दासप्रथाको अन्त्य गरेर झन्डै दुई करोड ३० लाखभन्दा बढी मानिसलाई मुक्त गरे ।
सन् १८७८ : थोमस एल्बा एडिसनले संगीत रेकर्ड गरेर पुनः त्यसलाई बजाउन सक्ने पहिलो उपकरण ‘फोनोग्राफ’को प्याटेन्ट हासिल गरे ।
सन् १९१३ : मेक्सिकन जनरल भिक्टोरिआना हुयार्ताले अमेरिकाको सहयोगमा गरेको कुको दश दिनपछि अन्ततः आफैँलाई राष्ट्रपति घोषणा गरे ।
सन् १९६८ : चर्चित ब्रिटिस ब्यान्ड ‘बिटल्स’का सदस्य तिनका श्रीमतीसहित दुई महिनाका लागि ऋषिकेशस्थित महाऋषि महेश योगीको आश्रममा ध्यानका लागि भारत आए ।
सन् १९७६ : विषम आर्थिक संकटका कारण ब्रिटेनले कल्याणकारी खर्चमा उलेख्य कटौती गर्यो । संकटबिच बेलायतले अर्थतन्त्र स्थिर बनाउन अन्तर्राष्ट्रिय मुद्रा कोषबाट वित्तीय ऋण लिने प्रयासमा यी कटौती गर्न बाध्य भएको थियो ।
सन् २००७ : डेभिड कार्पले स्थापना गरेको माइक्रोब्लगिङ बेबसाइट ‘टम्ब्लर’ आजकै दिन सुरु भएको थियो ।
सन् २००८ : जापानी कम्पनी तोसिबाले ‘एचडी डिभिडी प्लेयर’ विकास तथा निर्माण बन्द गर्ने घोषणा गर्यो । योसँगै तोसिबाको डिभिडी र सोनीको ब्लुरे डिक्सबीचको प्रतिस्पर्धा अन्त्य भयो ।