गृहमन्त्रीलाई कारबाहीको माग गर्दै संसद्को गेटमा प्रदर्शन

सोमबार, २८ माघ, २०८१
डिजिटल संस्करण

गृहमन्त्री रमेश लेखकमाथि कारबाहीको माग गर्दै बानेश्वरस्थित संसद् भवनको गेटमा दलित अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन्। उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ । 

‘दलित हिंसा गर्ने गृहमन्त्रीलाई कारबाही गर’ भनेर लेखिएको ब्यानरसहित अभियन्ता खगेन्द्र सुनारलगायतले शरीरमा नेल लगाएर प्रदर्शन गरेका हुन्। 

निषेधित क्षेत्र तोडेर उनी संसद भवनभित्र प्रवेश गर्न लागेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

सर्लाहीका सत्येन्द्रकुमार राम र नेहा रौनियारको जोडीलाई गृहमन्त्रीकै निर्देशनमा पटकपटक पक्राउ गरी ज्यादती गरेको विरोधमा दलित अधिकारकर्मीले आन्दोलन गरिरहेका छन्। संसदमा पनि यो विषयमा छानबिन र गृहमन्त्रीमाथि कारबाहीका लागि निरन्तर आवाज उठिरहेको छ। 

सुझावित समाचार