जबर्जस्ती करणी र विद्युतीय कारोबार कसुरका आरोपी सिराहाबाट पक्राउ

शुक्रबार, २५ माघ, २०८१
डिजिटल संस्करण

सिराहा प्रहरीले जबर्जस्ती करणी र विद्युतीय कारोबार कसुरका आरोपी उदयपुरका ३१ वर्षीय युवकलाई सिराहा सदरमुकामबाट पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका- ४ का विश्वराज राईलाई सिराहा नगरपालिका- ७ हेमनारायण चोकबाट पक्राउ गरिएको हो ।

जिल्ला २६, (परिवर्तित नाम) गौशाला (३६) ०८१/०८२ को जाहेरीको आधारमा जबर्जस्ती करणी र जिल्ला २६, (परिवर्तित नाम) गौशाला (३६) ०८१/०८२ को जाहेरीअनुसार विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा राईलाई पक्राउ गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । 

उनका अनुसार सिराहा सदरमुकाममा बस्दै आएको सूचनाको आधारमा  काठमाडौं जिल्ला अदालतको अनुमतिबमोजिम आरोपी राईलाई पक्राउ गरी बिहीबार काठमाडौं साइबर ब्युरो शाखा पठाइएको छ ।
 

See More On

सुझावित समाचार