उच्च प्रहरी अधिकारीको नाममा इमेल पठाएर ठगी गर्ने दुईजना पक्राउ

मंगलबार, २२ माघ, २०८१
डिजिटल संस्करण

नेपाल प्रहरीका उच्च अधिकारीको नाम र दर्जा दुरुपयोग गरी साइबर ब्युरोको फेक इमेलसमेत बनाई ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुनसरी देवानगन्ज गाउँपालिका–७ घर भएका २० वर्षीय मनीषकुमार मेहता र सोही गाउँपालिका–१ घर भएका २१ वर्षीय इन्द्रजित यादव रहेका छन् । 

उनीहरूले नेपाल प्रहरीका विशिष्ट व्यक्तिहरूको नाम, दर्जा तथा कार्यालयको लोगो दुरुपयोग गरी साइबर ब्युरोको फेक इमेलसमेत बनाई सोही इमेलमार्फत पीडितलाई डर त्रासमा पारी रकम माग गरी ठगी गरेको उजुरी साइबर ब्युरोमा परेको थियो। दुवैलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको सहयोगमा पक्राउ गरिएको ब्युरोले जनाएको छ । 

उनीहरूउपर विद्युतीय माध्यमसम्बद्ध ठगीअन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। 
 

सुझावित समाचार