माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज, पूर्वउपराष्ट्रपतिलाई जिम्मेवारी दिने तयारी

सोमबार, २१ माघ, २०८१
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले नेताहरूको कार्यविभाजनसमेत गरेको छ । पार्टीले उपमहासचिवसम्मका नेतालाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । यसअघि उपाध्यक्षद्वय अग्नि सापकोटा र पम्फा भुसाल प्रदेश इन्चार्ज रहेकोमा उनीहरु भूगोलको जिम्मेवारीबाट मुक्त भएका छन् ।

उपमहासचिवहरू हरिबोल गजुरेल कोशी, मातृका यादव मधेश र गिरिराजमणि पोखरेललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । सचिवहरू हितमान शाक्य बागमती, दिनानाथ शर्मा गण्डकी, चक्रपाणि खनाल लुम्बिनी र राम कार्कीले युरोप–अमेरिकाको इन्चार्जको जिम्मेवारी पाएका छन् । स्थायी कमिटी सदस्यहरू कालीबहादुर मल्ल कर्णाली र जयपुरी घर्तीलाई विशेष प्रदेशको इन्चार्ज तोकिएको छ । सार्क समितिमा लक्ष्मण पन्त र प्रवास एसिया समितिमा ओम शर्माले इन्चार्जको जिम्मेवारी पाएका छन् ।


बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई उत्पादन हेर्ने गरी जिम्मेवारी दिनेबारे छलफल भएको एक नेताले बताए । पुनको रुचिअनुसारकै सो जिम्मेवारी दिने तयारी रहेको  स्रोत बताउँछ ।  पुनः उपाध्यक्षको हैसियतमा माओवादी बैठकमा सहभागी हुँदै आएका छन् । 
 

सुझावित समाचार