उदयपुरमा सहिद दिवसको अवसरमा दृष्टिविहीनलाई सेतो छडी वितरण

बुधबार, १६ माघ, २०८१
डिजिटल संस्करण

सहिद दिवसको अवसरमा उदयपुरमा दृष्टिविहीनहरूलाई सेतो छडी वितरण गरिएको छ। नेपाल नेत्र ज्योति संघ उदयपुर र मदन भण्डारी आँखा अस्पतालले सहिद दिवसको अवसरमा सेतो छडी वितरण गरेको हो।

नेकपा एमाले उदयपुरका जिल्ला अध्यक्ष तथा नेपाल नेत्र ज्योति संघ उदयपुरका अध्यक्ष भागवत राउतले विभिन्न उमेर समूहका ३० जना दृष्टिविहीनलाई दैनिक जीवनयापनमा सहज होस् भनेर सेतो छडी वितरण गरेको बताए। 

नेत्र ज्योति संघले बुधबार एक कार्यक्रमको आयोजना गरी छडी वितरण गरेको थियो। सेतो छडी पाएसँगै दृष्टिविहीनहरूले खुसी व्यक्त गरेका थिए। दृष्टिविहीनहरूलाई पूर्वसहरी विकास राज्यमन्त्री तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य मन्जुकुमारी चौधरीले हस्तान्तरण गरेकी थिइन्। 

छेतो छडी वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिविलास पोखरेल, अधिकारकर्मी, राजनीतिकर्मीलगायतको उपस्थिति रहेको थियो। 

सुझावित समाचार