माओवादी केन्द्रले संसदीय दलको बैठक बोलायो

मंगलबार, १५ माघ, २०८१
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । माघ १८ गते बस्ने संसद्को हिउँदे अधिवेशनको तयारीका लागि बैठक बोलाइएको पाण्डेले जानकारी दिए । 

बिहीबारबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ । पार्टीको तर्फबाट सदनमा खेल्नुपर्ने भूमिका, त्यसको तयारी, कानुन निर्माणलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको  उनले जानकारी दिए । केपी ओली सरकारको ६ महिना असफल भएको माओवादीको निष्कर्ष रहेको छ ।

सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको उल्टो बाटो हिँडेको, संसद् छलेर निरंकुश तरिकाले अध्यादेशबाट शासन गर्न खोजेको, जनजीविका, राष्ट्रिय एजेन्डाको विषयमा ध्यान नदिएको आरोप लगाउँदै आएको छ । प्रमुख प्रतिपक्ष दलको नेतासमेत रहेका प्रचण्डले विपक्षी सात दलको बैठक बोलाएर सरकारमाथि दबाब दिने रणनीति बनाएका छन् । पाँचबुँदे साझा धारणा बनाएका उनीहरूले सरकारविरुद्ध कडा रूपमा प्रस्तुत हुने बताइरहेका छन् ।

सुझावित समाचार