इतिहासमा आज : जनवरी २८

मंगलबार, १५ माघ, २०८१
डिजिटल संस्करण

सन् १९८६ : अन्तरिक्षयात्री बोकेको अन्तरिक्ष यान च्यालेन्जर विस्फोट भयो, जसलाई अन्तरिक्ष इतिहासमा नै सबैभन्दा दुःखद घटना मानिन्छ । अमेरिकाको फ्लोरिडाबाट अन्तरिक्षका लागि उडेको च्यालेन्जर जमिन छोडेको ७३ सेकेन्डमा नै विस्फोट हुँदा सात अन्तरिक्षयात्रीको मृत्यु भएको थियो ।

सन् १८१३ : बेलायती लेखिका जेन आस्टिनको चर्चित उपन्यास प्राइड एन्ड प्रेज्युडिस प्रकाशित भयो । यो उपन्यासलाई अंग्रेजी साहित्यको लोकप्रिय कृतिमध्येको एक मानिन्छ । यसको दुई करोड प्रतिभन्दा बढी बिक्री भइसकेको छ ।

सन् १८२० : जर्मनीका अन्वेषक फाबियन भोन बेलिङहाउसेनले अन्टार्टिका महादेश पत्ता लगाए ।

सन् १९३२ : जापानले चीनको सांघाईमा हमला गर्दै मार्सल ल घोषणा ग¥यो ।

सन् १९५५ : अमेरिकी कंग्रेसले चीनले ताइबानमा आक्रमण गरेमा सेना परिचालन गर्न अनुमति दिने विधेयक पारित ग¥यो ।

सन् १९५५ : फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीको जन्मदिन । सन् २००७ देखि सन् २०१२ सम्म फ्रान्सका राष्ट्रपति भएका सार्कोजीको जन्म राजधानी पेरिसमा भएको थियो ।

सन् १९७० : इजरायली लडाकु विमानले कायरोको उपनगरमा आक्रमण ग¥यो ।

सुझावित समाचार