भिसा काफ्लेको नेतृत्वमा स्वास्थ्य पत्रकार मञ्चमा नयाँ कार्यसमिति

आइतबार, १३ माघ, २०८१
डिजिटल संस्करण

स्वास्थ्य पत्रकार मञ्च नेपालको नयाँ कार्यसमिति चयन भएको छ। आइतबार भएको निर्वाचनबाट भिसा काफ्लेको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन भएको हो।

मञ्चको वरिष्ठ उपाध्यक्षमा बुद्धि कट्टेल र उपाध्यक्षमा महेश तिमल्सिना निर्वाचित भएका छन्। उपाध्यक्षमै सञ्जिता खनाल र शरद शर्माको बराबर मत आएपछि एक–एक वर्षका लागि कार्यकाल बाँड्ने सहमति गरिएको छ।

त्यस्तै, महासचिवमा नयाँ पत्रिकाकर्मी शिवहरि घिमिरे निर्वाचित भएका छन्। सचिव पदमा ज्योति अधिकारी र कोषाध्यक्षमा सिर्जना खत्री निर्वाचित भएका छन्। 

सदस्यहरूमा उपेन्द्र खड्का, सिर्जना कार्की, सुरेश खनाल, सन्तोष राई, कृष्ण आचार्य, लक्ष्मी चौलागाईं, भोला अधिकारी, विना न्यौपाने निर्विरोध निर्वाचित भएका छन् भने प्रवास संयोजकमा तुलसा घिमिरे निर्वाचित भएकी छिन्।

मञ्चको बागमती प्रदेश संयोजकमा वीरबहादुर तामाङ, लुम्बिनी प्रदेश संयोजकमा वासुदेव न्यौपाने, गण्डकी प्रदेश संयोजकमा मोहसिन अलि मियाँ निर्वाचित भएका छन्।

सुझावित समाचार