इतिहासमा आज

आइतबार, १३ माघ, २०८१
डिजिटल संस्करण

सन् १७८४ : बेन्जामिन फ्रांकलिनले आजकै दिन छोरी सारालाई लेखेको पत्रमा अमेरिकाको राष्ट्रिय चिह्न चिल राखेकोप्रति असन्तुष्टि व्यक्त गर्दै चिलभन्दा टर्की उपयुक्त हुने थियो भन्ने धारणा राखेका थिए ।

१८०२ : अमेरिकी कंग्रेसले ‘लाइब्रेरी अफ कंग्रेस’ निर्माण गर्नेसम्बन्धी विधेयक पारित गर्यो । हाल यो पुस्तकालय विश्वकै ठुलोमध्ये एक रहेको छ ।

सन् १८०८ : अस्ट्रेलिया सरकारविरुद्ध भएको एक मात्र सफल तथा छोटो सैन्य विद्रोह ‘रम विद्रोह’ आजकै दिन भएको थियो ।

सन् १८३७ : मिचिगन अमेरिकाको २६औँ राज्यको रूपमा अमेरिकामा समावेश भयो ।

सन् १९०५ : विश्वको सबैभन्दा ठुलो हिरा ३१०६ क्यारेटको कुलिनन दक्षिण अफ्रिकामा भेटियो ।

सन् १९२४ : अमेरिकन स्केटर चाल्र्स जेट्र पहिलो शीतकालीन ओलम्पिकको पहिलो स्वर्णपदक जित्ने खेलाडी बने ।

सन् १९४० : पोल्यान्ड कब्जा गरेको नाजी सेनाले त्यस देशका यहुदीलाई रेलमा यात्रा गर्न प्रतिबन्ध लगायो ।

सन् १९८० : इजरायल र इजिप्टबिच कूटनीतिक सम्बन्ध स्थापित भयो ।

सन् २००१ : भारतको गुजरात राज्यमा गएको ७.६ रेक्टर स्केलको भूकम्पमा २० हजारको ज्यान गयो ।

सन् २००५ : कोन्डोलिजा राइस अमेरिकाको विदेशमन्त्री पद सम्हाल्ने पहिलो अफ्रिकी महिला बनिन् । 

सुझावित समाचार