अखिल क्रान्तिकारीको अध्यक्षमा पाँचजनाको उम्मेदवारी

आइतबार, १३ माघ, २०८१
डिजिटल संस्करण

माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा पाँचजनाको उम्मेदवारी परेको छ । उपदेश यादव, योगेन्द्र बुढा, विजयप्रकाश शर्मा, सुदिन पौडेल र हेमन्त राईले उम्मेदवारी दिएका हुन् ।

उपाध्यक्षमा खुलातर्फ चारजनाका लागि २० जना प्रत्याशी छन् । अटल आचार्य, खेमबहादुर सिंह, जीवन खड्का, नवीन उपाध्याय, तुलसीराम न्यौपाने, दीपा जैसी, देवकी कार्की, देवेन्द्र शर्मा, विराट थापा, भीष्मराज चौलागाईं, मदन ढकाल, मुना काप्री, योगेश भट्टराई, रमेश आचार्य, राजीवरमण न्यौपाने, रोशन खड्का, लालबहादुर पाण्डे, विनोद कोइराला, सपिम खरेल र समीर बुढाथोकी खुला उपाध्यक्षको प्रत्याशी छन् ।

उपाध्यक्ष छात्रा एक पदका लागि चारजना प्रत्याशी छन् । जसमा पार्वती नेगी, बिनु खड्का, मनीषा आचार्य र ममता अधिकारी छन् । उपाध्यक्ष जनजातितर्फ एक पदका लागि तीनजना प्रत्याशी छन् ।

जसमा बुद्रोस लिम्बू, मुना थापामगर र सन्दीप पुन प्रत्याशी छन् । उपाध्यक्ष दलिततर्फ एक पदका लागि पाँचजना प्रत्याशी छन् । जसमा अविनाश रम्तेल, उचित दास, कृष्णबहादुर सुनार, चित्र सुनार र पदम नेपाली प्रत्याशी छन् । उपाध्यक्ष मधेसीतर्फ अभय प्रताप चौवे, अभिमन्यु यादव, शिवम साह र सञ्जीव चौधरी छन् ।

उपाध्यक्ष खसआर्यतर्फ एक पदका लागि आठजना प्रत्याशी छन् । जसमा उमेश कँडेल, जनक बटाला, महेश अधिकारी, मीनराज आचार्य, राजन पोखरेल, सुबिन चालिसे, सुरज भण्डारी र ज्ञानु खड्का प्रत्याशी छन् । 

महासचिवमा एक पदका लागि आठजना प्रत्याशी छन् । जसमा तिर्सना हमाल, पदम काफ्ले, प्रतीक कार्की, रोशन थापामगर, शिव बस्नेत, श्याम मिजार, सञ्जय महतो र सञ्जीव फुँयाल छन् । 

उपमहासचिव प्रदेशगत एक–एकजना निर्वाचित हुँदै छन् । जसमा प्रदेश १ मा रविन राई र विपिन पोखरेल, मधेशमा कुन्दन महतो, गजेन्द्र यादव, विवेक मैनाली, विवेक साह र सन्दीप न्यौपाने, बागमतीमा उपेन्द्र जम्कट्टेल, निर्मला गौतम र रुकु बस्नेत, गण्डकीमा भगवान बास्तोला र सुमन ताम्राकार छन् ।

यस्तै, लुम्बिनीमा मर्मजंग बम, रेशम अधिकारी, लक्ष्मण खड्का र हिमाल महरा, कर्णालीमा प्रकाश अधिकारी, मनोज शाही र रमेश बुढाथोकी, सुदूरपश्चिममा ध्रुव रावल, भुवनसिंह विष्ट, यादव सिंह, रामचन्द्र भट्ट र लालबहादुर साउद छन् । 

सुझावित समाचार