यात्री

शनिबार, १२ माघ, २०८१
डिजिटल संस्करण

एउटा यात्री यात्राको नयाँ गोरेटो खोज्न
भर्खर निस्केको छ झिसमिसे साँझमा,
ऊ चाहान्छ बाटोहरुले थाहा नपाउने गरी यात्रा पूर्ण होस्

झमक्क साँझ परिसकेछ
यात्री सोचिरहेछ
न कुनै सहारा,
न कुनै उत्साह
यो यात्रा म किन गरिरहेछु  ?
विना कुनै लक्ष्य
के यात्राहरु सहज छन् ?
द्विविधाग्रस्त मन लिएर
एक तमास हिँडिरहनु
यात्रा हुँदै होइन,

कैयौं मान्छेहरु सगरको यात्रा गरिरहेछन्
आकाशको एक स्पर्शको उत्कट चाहानाले
चिहानै नभेटिने गरी लापता भइरहेछन्
साहसको झण्डा हल्लाउन नपाउँदै
खोंचमा जाकिएर गुमनाम छन् कति
यो लोकले के भन्यो
उसलाई किन जान्नु त
आफ्नै कालले लग्यो

काँतर भने पनि ठिक छ–
म यो यात्राको विश्राम लिन लागिरहेछु
तपाईँ मनुवाहरु साहसी भनिनुस्÷भनाउनुस् अरुबाट
म फर्किएर घरको दैलोबाट भित्र छिरिसकें
मैले दियो बालिसकेँ
त्यही दिपमा बिलिन भइसक्यो अँध्यारो
तपाईँ एक हुल मान्छेहरुका हरेक व्यवहारको 
प्रमाणिकता कुरेर बस्ने छैन संसार
अनादिकालदेखि यो आफ्नै गतिमा बगिरहेछ ।।

सुझावित समाचार