इजरायलको एक बस्तीको नाम राखियो ‘ट्रम्प वन’

शुक्रबार, ११ माघ, २०८१
डिजिटल संस्करण

जुडिया क्षेत्रमा रहेको इजरायली सहर माले अदुमिमका मेयरले बुधबार आफ्नो नगरपालिकाको एक भागको नाम ‘ट्रम्प वन’ (टी–१)’ पुनर्नामकरण गर्ने घोषणा गरेका छन् । ‘ट्रम्पको दोस्रो कार्यकाल विशेषगरी जुडिया र सामरियामा यहुदी समुदायलाई बलियो बनाउने एउटा अनौठो अवसर हो,’ मेयर गाइ यिफ्राचले भने, ‘हामी ट्रम्पलाई विश्वास गर्छौं । उनले आगामी महिना यस क्षेत्रमा निर्माण कार्यलाई बढाउने विश्वास छ ।’

पहिले मेभासेरेट अदुमिम भनेर चिनिने माले अदुमिमको सो भाग बेस्ट बैंक (पश्चिम किनारा)सीमाको ‘क्षेत्र सी’अन्तर्गत छ, जहाँ इजरायली–प्यालेस्टिनी सम्झौताअनुसार इजरायली प्रशासनिक र सुरक्षा अधिकार कायम छ । आवास संकटलाई कम गर्न तीन हजार घरका लागि बनाइएका योजना बाइडन प्रशासनलगायत अन्तर्राष्ट्रिय विरोधद्वारा अवरुद्ध भएका छन् । मेयर यिफ्राचले टी–१ लाई ‘रणनीतिक सम्पत्ति’ का रूपमा वर्णन गर्दै इजरायली नेताहरूलाई माले अदुमिम र जेरुसलेमबीच भौगोलिक निरन्तरता स्थापित गर्न आह्वान गरे । 

यसअघि पहिलो कार्यकालमा ट्रम्पले पहिलेको सिरियाली भूमि ‘गोलन हाइट्स’माथि इजरायली सार्वभौमिकता स्वीकार गरेसँगै इजरायलले नयाँ समुदायको नाम रामत ट्रम्प राखेर राष्ट्रपतिलाई सम्मान गरेको थियो ।

See More On

सुझावित समाचार