संघीय निजामती विधेयकमा दफावार छलफल सुरु

बिहिबार, १० माघ, २०८१
डिजिटल संस्करण
संघीय निजामती विधेयकमा दफावार छलफल सुरु

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती विधेयकमा दफावार छलफल थालेको छ। समितिको बिहीबार बसेको बैठकमा दफावार छलफल प्रारम्भ भएको हो।

समिति सभापति रामहरि खतिवडाले सबै सरोकारवाला, संशोधनकर्ता सांसदसँग छलफल सकेर आज बिहीबारदेखि दफावार छलफल प्रारम्भ गरिएको बताए। 

संघीय निजामती विधेयक २१ फागुन ०८० मा प्रतिनिधिसभामा दर्ता भएको थियो। १५ जेठ ०८१ मा समितिमा आएको थियो।

आठ महिनापछि समितिले दफावार छलफल थालेको हो। अब विधेयकका दफा–दफामा छलफल हुनेछ। सांसदहरूले दफामा धारणा राख्ने र शाब्दिक रूपमा संशोधन गर्दै जानेछन्।

सुझावित समाचार